खेताला लगाउने प्रवृत्तिले दक्ष सर्भेयरको योग्यतामा प्रश्न, नियामकसँग जवाफ छैन

काठमाडौं– बीमा क्षेत्रमा सर्भेयरको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको हुन्छ। सर्भेयरले स्वतन्त्र रूपमा निरीक्षण गरेर बिमित, बीमक, बीमा कम्पनी तथा बीमा समितिलाई जोखिमको निष्पक्ष तथा यथार्थ मूल्यांकन उपलब्ध गरी  सहयोग गर्ने गर्दछन्। सर्भेयर संघ नेपालका वर्तमान अध्यक्ष मोहन पुरुष ढकालले बीमा क्षेत्रमा सर्भेयरको भूमिका प्रमुख हुने बताउँछन्। ‘बीमा क्षेत्रमा जोखिमको उचित मूल्यांकन गर्न दक्ष सर्भेयरहरुको आवश्यकता सँगै…