शाइन रेसुङ्गा विकास बैंकको ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत २८ जिल्लामा १४ हजार बढी विरुवा रोपिए (भिडियो सहित)

शाइन रेसुङ्गा विकास बैंकको ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत २८ जिल्लामा १४ हजार बढी विरुवा रोपिए (भिडियो सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा विकास बैंकले २८ जिल्लामा १४ हजार ४० वटा विरुवा रोपेको छ । बैंकले बार्षिक उत्सवको अवसर पारेर देशको २८ जिल्लाको विभिन्न स्थानमा बोट विरुवा रोेपेर आफ्नो बार्षिक उत्सव मनाएको हो ।  ग्रो ग्रीन प्रोजेक्ट नामक सामाजिक उत्तरदायित्व अन्तर्गत १४ हजार ४० वटा बोट विरुवा रोपेको हो ।  यो कार्यक्रम वि.स २०७८ फागुन ११ गते बाट उक्त बोटविरुवा रोप्ने योजना बनाएको थियो जसमा बैंकले २०७९ मंसिर ११ गते सम्पन्न गरेको हो । अर्थात ९ महिनाको अवधीमा १४ हजार ४० वटा बोट विरुवा रोपेको बैंकले जनाएको छ । जसमा कुल ३२ प्रजातिको बोट–बिरुवा रोपेको थियो ।

यस कार्यमा बैंकले सरोकारवाला निकाय, स्थानिय तह तथा सामुदायिक क्लबको सहयोगमा उक्त कार्य सम्पन्न गरेको हो । देशको विभिन्न जिल्लामा बोट विरुवा रोपेको हो, भने १ सय भन्दा बढी संघ–संस्थाले बैकलाई सहयोग गरेको छ । 
बैंकले अमला, अम्बा,अर्जुना, बेल, धुपी लगायतको बहुउपयोगी बोटविरुवा रोपेको हो ।